गिता तिमल्सिना, माघ १३ ।
परिक्षा आउँदै थियो । २०७७।०९।२३ गते कलेजमा आउनुपर्ने भयो भनेर फोन आएकोले जानू पर्ने थियो । उस्तो धेरै मिल्ने त हैन तर जब कलेजभित्र रहिन्थ्यो प्रायः कुरा शेयर नै गर्ने साथी उपमालाइ सँगै जाउ भन्ने हेतुले फोन गरेँ ।
पुसको महिना चिसो बढिरहेको थियो । ’काठमाडौँमा प्रदुषणको मात्रा बढिरहेकोले बिहानी समयमा बाहिर ननिस्कन सरकारको सर्वसाधारणलाई अनुरोध’ त्यो दिनको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यहि हेडलाईन थियो । नेपाल टेलिकमको दिदीले कोरोनासम्बन्धी सुचना दिइसकेर उपमाको आवाज मोबाइलमा गुञ्जिसकेको थियो “गूड मर्निङ गीतु“
“मर्निङ टु ,के गर्दैछौ?“ मेरो प्रश्नको उत्तरमा उनले भनिन् (“भर्खरै उठेको म त जाडोमा त उठ्नै अल्छी लाग्छ।“
“अनि कलेज आउँछौ नि आज?“
“आउँछु , तिमी कतिबेला आउँछौ?“
“सकेसम्म छिटो गरेर आउ है त । म नि आउँछु ,तिमी छिटो भयौ भने गेटमा कुर है ।“
“हुन्छ, म फ्रेस भएर निस्कन्छु अहिले राख….“
मैले हस् भन्न नपाइ फोन काटिएको आवाज आइसकेकोले केही बोलिन।
last cost Rs. 3.69 त्यो पछाडी लेखेको कुरा पढ्न खोजिन हेर्नू आवश्यक पनि छैन जस्तो लाग्यो। “जुन सिम प्रयोग गरेपनि उस्तै हो लोभीहरु एक मिनेट पन्ध्र सेकेन्ड के पुगेको थियो ,तीन रुपैयाँ काटेछ।“एक्लै बरबराँए ।
तयार भएर निस्केपछी बस चढेर कलेज पुगुन्जेल बसमा राजनितिका कुरा गरिरहेका दुइजना अधबैंसे पुरुषहरू तर्फ मात्र ध्यान गयो । उनीहरु देशमा बढिरहेको भ्रष्टाचार तथा राजनैतिक अवस्थाको कुरा गर्दै थिए ।
समग्रमा मलाइ उनिहरुको कुरा एकदम राम्रो लाग्यो। “जनताहरुलाइ त देशको यस्तो चिन्ता भैरहेको छ भने जिम्मेवारी काँधमा लिएका नेतालाइ पनि त होला नि….यति हुँदा हुँदै पनि किन हरेक क्षेत्रमा देश पछि पर्यो अनि भ्रष्टाचारको सुचीमा हाम्रो देश किन अगाडि आयो।“ आफैँलाइ प्रश्न गरेँ तर मसँग उत्तर थिएन।
एकैछिनमा उनीहरु व्यक्तिगत कुरा गर्न थाले । अलि सिनियर झैँ देखिने व्यक्तिले सोधेँ “साँच्चै तेरो लाइसेन्स आको हो?“ जवाफ थियो “पहिला त एक महिना लाग्छ भन्थ्यो दस हजारको मुख हेरिएन दाजु तीन दिनमा आइहाल्यो नि।“
अघिसम्म ठिक लागेका ती मान्छेहरु अहिले मलाइ मन परेनन् ।
“ तपाई आफैँ भ्रष्टाचारमा संलग्न हुनुन्छ भने देश कसरी भ्रष्टाचारमुक्त हुन्छ ,तपाइले आफ्नोलागि अरुलाइ घुस दिनु भयो भने अर्को कोहिले पनि आफ्नोलागि दिन्छ र नेता नै भए पनि एक व्यक्ति हुन् आफ्नोलागि उनले पनि केही गर्छन् हो यसरी हुन्छ भ्रष्टाचार ।
अनि भ्रष्टाचारी नेता मात्र हैन तपाईं पनि हुनुन्छ।“ मैले यति भन्थे होला यदि उनीहरु मसँग परिचित भएको भए तर अपरिचितलाइ भन्नू ठिक छ कि छैन निर्क्योल गर्न नपाइ म ओर्लने ठाउँ आइसकेछ । फेरि भेट भयो भने त केही भन्नै पर्छ भन्ने लाग्यो एकचोटि उनीहरुतर्फ फर्किएर हेरेँ मैले हेर्दा उनीहरुले के सोचे थाहा भएन अचम्मित भएझैं अनुहार थियो ।
म बसबाट झर्दा उपमा पहिले नै आइपुगेकी रैछन् , धेरै पछि देखेर हो या किन हो उनको मुहार अलि फरक जस्तो लाग्यो। सोधेँ “कतिबेला आको तिमी? “
“अघि भर्खरै “ छोटो उत्तर थियो।
मैले सोचे मलाइ धेरै समय कुर्नु पर्यो भनेर रिसाएकी होला।
हामी एकअर्कासँग नबोलेर नै कलेज भित्र गइरहेका थियौं ।
म अघि बसको कुराहरु सोच्दै थिएँ उनले भनिन् आज कस्तो मुड फ्रेस नै भैराको छैन तिम्ले कल नगरेको भएँ म त आउदिन भन्ने सोचेर सुतिरा’को थिएँ ।“
“हुम,के भयो र?“ मलाइ अचम्म लाग्यो।
त्यतिबेला हामी अकाउन्ट रुम नेर पुगेका थियौं ।
उनले यो विषयमा कलेजको काम सकिएपछि कुरा गर्ने भनिन् ,हामी लाइब्रेरीतर्फ गयौं ।
करिब दुई घण्टा पछि सबै साथीहरू घर निस्किसकेका थिए हामी दुइजना कलेज अगाडि घाम लागेकोले त्यहीँ बस्यौं । मौसमका कुरा,गाउँका कुरा,कोरोनासम्बन्धी कुरा,पढाईका कुरा यस्तै अन्य कुरा भयो । यतिकैमा मैले “अघि तिम्ले के भन्दै थियौ नि?“ भनेँ ।
उनले भनिन् “ हामीसँगै पढ्ने एउटी साथीको भाइ हो के त्यो मान्छे, उसकै दिदीबाट चिनेको त्यसलाइ मैले, त्यो केटि को हो पछि नै भनुँला । तिमि बीचमा केही नसोध हैै….“
मैले बोली नफुटेको बच्चाले कुरा बुझेको इसारामा हस भनेझैं मुन्टो मात्र हल्लाएँ ।
उनी भन्न लागिन् “कसरी चिनियो ,कहाँबाट चिनियो ईतिहास लामो छ तर अहिले हामी एकअर्कामा परिचित छौँ ।सुरुसुरुमा त उसलाई म भाइ नै भन्थे तर उसको उमेर मेरोभन्दा ठुलो छ भन्न लाग्यो अनि दुबैजना एकअर्कालाइ ’तपाई’ भन्छौँ ।
कहिलेकाहीँ कुरा हुन्थ्यो , हिजो फोन गरेको रैछ ।अलिअली कुराकानी भयो ।ठ्याक्कै अगाडी के विषयमा कुरा हुँदै थियो खासै याद पनि भएन त्यतिबेला त्यस्तै कुरा परेर मैले “मलाइ त सिम्पल कुरा गर्ने मान्छे मन पर्छ “भनेको थिएँ।
“यस्तो ठिक लाग्छ ,उस्तो ठिक लाग्दैन किन भन्नुपर्यो तपाई पनि अर्कैको रिमोट त हो नि।“उसको प्रतिक्रिया थियो ।
पुरै वाक्यमा सायद मैले केही सुनिन मात्र दुइवटा शब्द सुनेँ ः अर्कैको रिमोट …….
मैले प्रश्न सोध्नु थियो सोधिहाँले “के भन्न खोज्या?,बुझिन ।“
उत्तर थियोः“बुझिरहनै परेन नि ,बिहेभएसी तपाई अर्कैको कन्ट्रोलमा बस्नुपर्छ अरुकै अनुसार चल्नुपर्छ अनि अर्कैको रिमोट भएन त?“
“तपाईको सिद्धान्त तपाईकै जीवनमा लागू गर्नु ।, मेरो जीवन कस्तो हुन्छ भनेर म आफैं निर्धारण गर्छु र कसैलाई पनि अंकित गरेर यस्तो कुरा नगरेको राम्रो हुन्छ।“ अन्तिम शब्द सायद उता पुगेन होला मैले फोन काटिदिएँ । फोन फेरि आयो तर उठाउनुपर्ने अवस्था देखिनँ।
के एउटी छोरीको जन्म हुनु रिमोटको उत्पादन हुनु हो?
लैङ्गिताको आधारमा काम विभाजन भएको छन् ठिकै छ ।कतिपय कुराहरु साक्षत् छन् जस्तै बच्चा जन्माउनु ,महिनावारी हुनु अरु काम पनि नारी पुरुषका आधारमा विभाजन गरिएका छन् र मान्दै पनि आइएको छ त्यति सम्म ठिकै छ नि । २१औँ शताब्दीको एउटा युवाले यस्तो कुरा गर्नु जाहेज हैन ।
हुन कुरा सानै होला तर सोच्नेले त गहिरिएर सोच्नु पर्यो नि त्यो कुरा सुन्दै गर्दा म उसको भविस्यलाई धिक्कार्दै थिए अझ उसँग बिहे गरेर आउने जो कोहि थियो उसको अवस्था सायदै मेरो कल्पनाले अहिले देख्न सक्दिन ।
म अलि सामान्य हुन खोजेर दिमागलाई टि.भिको रिमोट तिर केन्द्रित गरेँ। भलै हामिले त्यसलाइ कन्ट्रोल गरेका हुन्छौँ तर हाम्रो बलले त्यो चल्न सक्दैन उ आफैमा ब्याट्री लस छ भने कसरी चल्छ ।
रिमोट आफू सानो भएर पनि धेरै कुरा आफ्नो रोहबरमा राखिरहेको हुन्छ । यति सोचेपछी मन थोरै त शान्त भयो तर फेरि सोचेँ मान्छे त मेसिनको तुलना कसरी एउटै हुन सक्छ?
छिःकस्तो निच सोच २१औँ शताब्दीको एउटा युवा एउटी केटीलाइ रिमोट सम्झेर कन्ट्रोलमा राख्ने कुरा गर्छ भने १७औं शताब्दीमा चन्द्र शमशेरले सती प्रथाको अन्त्य गर्न कति सामना गर्नु पर्यो होला ? यस्तो सोचको मान्छे त १५औँ शताब्दीमा जन्मनु पर्ने थियो । टन्नै गाली गर्न मन लाग्यो।
१० घण्टा काम गर्ने पुरुष मेरो तलबले घर परिवार चल्दैछ भनेर महिलालाइ रिमोट सम्झने यो कस्तो समानताको युग हो? यहाँ एउटी नारी दिनरात नभनी अरुको लागि आफ्नो अनेक रहर बलिदान दिइरहेकी हुन्छिन् । कहिले पाउने नारीले चै आफ्नो अधिकार ?
मलाइ त यो पुरुषप्रधान समाज देखेर घिन लाग्न थाल्यो । समाजमा नारीले चै रिमोट भएर बाँच्नु ? रिमोट भएसी त चलाउन आउनेजती सबैको कन्ट्रोलमा हुनुपर्ने त होलानी? “
“ओइ के भयो?“उपमाले घच्घचाएर बोलाएसी मात्र मैले आफुलाइ भेट्टाएँ ।
लामो श्वास फेरेँ मुस्कुराउनु पर्छ कि दुःखी हुनुपर्छ अन्योल भएँ। हाँस्नै खोजेको तर अलिकती आँसु निस्केको चाल पाइहालेँ।
उपमा पनि रिसले थोरै रातोपिरो भएकि थिइ त कुराहरुले दुखित ।
“समानताको भाषण सबैले फुक्छन् । हक अधिकारको कुरा सबैले गर्छन् । तर व्यावहारमा सबैले आफ्नो औकात देखाउछन् । कसैकी छोरीलाइ “तिमी र म रथको दुई पाङ्ग्रा भै बसौँला“ भनेर ठिक्क पार्ने उरन्ठेउले प्रवृतिका आजका युवाहरु महिलालाइ रिमोट मान्छ अनि कन्ट्रोल गर्ने तरिका खोज्दै हिड्छ……यो कुन समाजमा छौँ हामी? समानताको हक संविधानबाट निकालिए पनि मानौला, समावेशिताको नाममा बनेको कानुन पनि चाहिदैन ।
महिला रिमोट नै होला तर आफ्नै तरिकाले चल्ने रिमोट हो अरुको सिद्दान्त पनि मानिन्छ तर आफ्नो कदर हुनुपर्यो।“मैले यति भन्दा केही भन्न सकिन । मैले उपमालाइ सम्झाउनका लागि भएपनी केही भन्नू थियो तर ब्याट्री नभएको रिमोट झैँ खाली अनुभव भयो। उपमालाइ अंगालो हालेर थोरै आड दिन मात्र सकेँ। र मनमा सोचिरहेँ नारी र रिमोट….