बैशाख २९, काठमाडौं ।
गायिका मुना कुमाल र गायक सुमन बस्नेतको आवाजमा नियतिको खेल बोलको गित सार्वजनिक भएको छ ।
गित लोक लयमा आधारित छ । यस गितमा राजेन्द्र रावतको शब्द रहेको छ भने कृष्ण बाजुरालीले संगित तथा एरेन्ज गरेका छन् ।
गितको भिडियोमा विक्रम बुढाथोकी, ध्रुव कोइराला र जसोदा कार्कीको जिवन्त अभिनय रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको भिडियो सुनिल बिसीको अफिसियल युटुब च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको हो ।
गितमा समाजमा रहेका छुवाछुत र जातजातिप्रति हुने गरेको विभेदलाई मुख्य विषय वस्तु बनाइ दुई जोडीबीचको प्रेमलाई कलात्मक ढंगले देखाइएको छ ।