प्रिय कमरेड,
युवराज दुलालज्यू
हार्दिक नमस्कार ।
हिजो एकाबिहानै प्रेमप्रसाद आचार्य बन्धु र उनी जस्तै हजारौं युवाको सपनामाथि दिनदहाडै आगो झोस्न बाध्य पार्ने हाम्रो राजधानी शहर काठमाडौंको यात्रामा थिएँ । खबरहरुबाट बेखवर नै थिएँ । मध्याह्नपछि सुनियो तपाईं वागमती प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रीमा नियुक्त हुनुभयो । तत्कालै फुरुङ्ग र उत्ताउलो त भइन तर खुशी हुने कुरामा कुनै कन्जुस्याइँ थिएन ।अरुसंग आफैंले भोट मागेको , आफैंले मतदान गरेको नेता मन्त्री हुँदा बेखुसी हुनुपर्ने कुनै कारण पनि त थिएन ।
आजका युवाहरु आफ्नो प्रेमी( प्रेमिका, आफन्त र साथीहरूलाई खुशी पार्न भन्ने गर्छन् रे परको मान्छेलाई पो सम्झन फोन गर्नुपर्छ, मेसेज गर्नुपर्छ, भेट्नुपर्छ तिमी त मेरै मुटुमा छौ हर धड्कनमा संगै छौ फोनै गर्नुपर्छ र रु शायद त्यस्तै लाग्यो कि रु तत्कालै फेसबुकमा बधाईको फोटो पोष्ट्याउने दुस्ख गरिन ।
नेपालीमा एउटा उखान छ जुन गोरु बढी दौडन्छ उसकै बढी पुछर निमोठिन्छ । लाग्छ हाम्रो समाज र हाम्रो प्रबृत्ति त्यस्तै छ । तुलनात्मकरुपमा तपाईंको पहिलो पाँच बर्षे कार्यकाल राम्रै बित्यो यद्यपि नागरिकको सपनाको छेउसम्म पनि ती पुगेका छैनन् । दशबर्षे जनयुद्ध र पछिल्ला डेढ दशक हामीले नागरिकहरुलाई धेरै सपना बाँडिसकेका छौं ।
तपाईंले मात्रै होइन हामी तलका भुँइमान्छेले पनि फलानो भए यस्तो हुन्छ फलानो जिते उस्तो हुन्छ भनेर असंख्य सपना छरेका छौं । ती असंख्य सपना बोकेर गाउँका बुढा बा, आमा तथा शहर र खाडीले नतानेका थोरै तन्नेरीहरु जिउने यत्न गरिरहेका छन् । पुर्ण आशा र भरोशा छ ती तन्नेरीहरु प्रेमप्रसाद झैँ हारेर आफ्नै सपनामाथि पेट्रोल नखन्याउन् ।
कमरेड, तपाईले भन्दा झण्डै पाँच र छ वटा बढी भोटो फटाएको भएपनि दशबर्षे जनयुद्धको म दर्शक मात्रै हुँ तपाईं योद्दा हो तसर्थ जनयुद्धका तमाम सहिद, घाइते र बेपत्ता सहकर्मी र तिनका परिवारको पिडा मलाई भन्दा बढी तपाईंलाई नै थाहा छ होला । हाम्रै छेउका चन्द्रबहादुर तामाङ र ध्रुव नेपालका परिवारको अवस्था के छ रु बुझ्ने प्रयास गर्नुहोला । उनिहरु र उनीहरु जस्ताले आफ्नो परिवार गुमाए बापत मेरो देश, गाउँ र समाजले के भिन्नता महशुस गर्यो ती परिवारले अनुभुति गर्न सकुन ।
र अन्तमा,
यो कार्यकाल सक्दैगर्दा यो प्रदेश क्षेत्रमा तपाईंको दस बर्षे कार्यकाल हुनेछ र तपाईं पनि पुरानो हुनुहुनेछ । अर्कोपटक चुनावमा पनि अझै काम बाँकी छ फेरि प्रदेशमा उहाँलाई भोट दिनोस भनेर हामीले मुन्टो लुकाएर मत माग्नुपर्ने लज्जास्पद दिन न आओस । हामीले छाती फुलाएर भन्न सकौं कि देखेउ हाम्रो मान्छे रुरुरु यी सबै सपना र सदिच्छा पुरा हुने शुभेच्छा सहित हार्दिक बधाई तथा शुभकामना । लेखक आचार्य नयाँपानी सन्देशको सम्पादक हुनुहुन्छ ।