लिस्ती ।
भोटेकोशी गाउँपालिका वडा नंं १ स्थित लिस्ती काङ्लाङवासीको स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिडनुपर्ने अवस्था आजबाट हटेको छ ।
गाँउमा नै इकाइ स्वास्थ्य चौकी निर्माण भएपछि उनिहरुको पेैदल हिडेर स्वास्थ्य सेवा लिन जानुपर्ने अबस्था हटेको हो ।
लिस्ती काङ्लाङमा निर्माण भएको इकाइ स्वास्थ्य चौकीको शनिबार वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गर्नुभएको छ ।
अब काङ्लाङवासीले घाउ जाँच, गर्भवती चेक,ओपिडी चेक, खोप सञ्चालन, गाउँघर क्लिनिक लगायत सेवा सोहि स्वास्थ्य चौकिबाट पाउने छन् ।
सो इकाइ स्वास्थ्य चौकि संघीय सरकारको विशेष अनुदान बाट निर्माण भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभएको छ ।