चौतारा, माघ १४ ।
जनचेतना आधारभुत विद्यालयकाे ४५ औँ बार्षिकाेत्सव आज सम्पन्न भएकाे छ ।
चाैतारा साँगाचाेकगढी वडा नं. ७ सानाेसिरुवारीमा रहेकाे विद्यालयकाे कार्यक्रममा नेपाने युथ क्लबले विद्यालका सम्पुर्ण विद्यार्थीहरुका लागि बिद्यालय झाेला, स्टेसनरी सामग्री हस्तान्तरण गरेकाे थियाे ।
त्यस्तै कार्यक्रममा लायन्स क्लब ग्लाेवल भिजनले विद्यालयलाई एक थान कम्प्युटर, एक थान प्रिन्टर फाेटाेकपि सहितकाे, स्टेशनरी हस्तान्तरण गरेकाे थियाे ।
चाैतारा साँगाचाेकगढी नगरपालिका ७ का वडा अध्यक्ष उमा प्रसाद दुलालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विशेष अतिथि नगर शिक्षा समिति सदस्य राजकुमार यादव, लायन्स क्लवका विष्णु केसी, पवन केसी, शिवलाेचन पराजुली, कल्पना केसीकाे उपस्थिति रहेकाे थियाे ।
त्यस्तै विद्यालयकाे भाैतिक, शैक्षिक गुणस्तर विकासका लागि अाफुले पहल गर्ने वडा अध्यक्ष दुलालले बताए । सानाेसिरुवारीकाे छेउमा रहेकाे नेपाने गाउँमा रहेकाे विद्यालयले गाउँकाे समग्र विकासमा लाग्नु पर्ने दुलाले बताए ।
शैक्षिक विकासकाे लागि सधै सहयाेग गर्ने नेपाल चार्टर्ड एकाउन्टेन्ट एसाेशियसनका उपाध्यक्ष रमेश धितालले विद्यार्थी र विद्यालकाे लागि सहयाेग गरेकाे नेपाने युथ क्लबका अध्यक्ष रामहरी पराजुलीले बताए ।
पराजुलिका अनुसार कार्यक्रममा नेपाने युथ क्लबका सल्लाहकारहरु कृष्णप्रसाद नेपाल, जयराम न्याैपाने, विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्षहरु दीपक अर्याल, सिंहबहादुर तमाङ लगाएतकाे उपस्थिति रहेकाे थियाे ।