मेलम्ची ,माघ १७।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने कांग्रेसको गन्तब्य रहेकोे बताएका छन् ।
शनिबार सिन्धुपाल्ल्चोकको मेलम्चीमा नेपाली कांग्रेस क्षेत्र नं. २ द्धारा आयोजित बृहत भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
नेता पौडेलले नेपाली कांग्रेस मन्तव्य र गन्तब्यको नीति लिएर अघि बढेको समेत बताएका छन् । सम्बोधनको क्रममा उनले प्रधानमन्त्रीको कदमले संविधान मिचेको भन्दै संविधानलाई बचाउनु कांग्रेसको पहिलो लक्ष्य भएकोसमेत उनले जनतालाई विश्वास दिलाए ।
जनताले अहिलेको प्रतिनिधि सभा विघटनपछि कांग्रेसले दुई धार लिएको भन्ने विषय उठन गर्दै उनले गन्तब्य र मन्तब्यकै नीतिमा रहेको बताएका हुन् ।
यस्तै भेलालाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री एवं केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री ओलीले चालेको कदमलाई सर्बाेच्च अदालतले सदर गरेको अवस्था कांग्रेसलाई मान्य नहुने ठोकुवा गरेका छन् ।
कोरोना कालमा काम गर्न नदिएको भन्ने प्रधानमन्त्रीको टिप्पणी हास्यास्पद रहेको उनको भनाई छ । “महामारीमा हामीले प्रयोग गरेको मास्क, स्यानिटाइजर लगायत औषधिमा त्यतिधेरै भ्राटाचार भएको छ,” उनले भने, “यो कसरी काम गर्न नसकेको भयो ।”उनले महामारीमा पनि भ्रष्टाचार गर्ने मान्छे पापी भएको दावी गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व गृह राज्य मन्त्री विष्णुविक्रम थापा, प्रदेश साँसद निमा लामा, जिल्ला सभापति विकाश लामा, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि २ सय बढीले कांग्रेस प्रवेश गरेका छन् ।