काठमाडौँ, माघ २७ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख १७ र २७ गते हुने निर्वाचनमा हुने दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको छ ।
बैठकले वैशाख १७ मा प्रदेश नं.२, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा र वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेका थिए।
तर, संसद विघटन विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले टुंगो लगाएको छैन्।