मेलम्ची, फागुन १ ।
जिल्लामा क्रियाशिल पत्रकारहरु देवराज सुवेदी र दुर्गा आचार्यलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हुतराज अर्थचन्द्र जनहितकारी संस्था मेलम्चीले प्रत्येक वर्ष दिँदै आएको यो पुरस्कार जिल्लाका क्रियाशिल दुई पत्रकारले पाएका हुन् ।
शिक्षा क्षेत्रमा कलम चलाउँदै आएको पत्रकार देवराज सुवेदी र दुर्गा आचार्यलाई पुरस्कार स्वरुप रु ५हजार एक सयरुपिँया सहित सम्मान गरिएको संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिनुभयो । आचार्य इमेज कम्पनीको अनलाईन इमेजखबरकी डेस्क एडिटर रहनुभएको छ भने सुवेदी रासस ,रेडियो नेपाल र रेडियो मेलम्चीको स्टेशन म्यानेजर रहेर काम गर्दै गर्दै आउनुभएको छ ।
पुरस्कार ग्रहण गरिसकेपछ सुवेदीले सोहि विद्यालयमा सञ्चालित बौद्धिक क्षमता विस्तार कक्षालाई १० हजार एक सयरुपिँया सहयोग गर्नुभएको थियो । आफुलाई पुरस्कार ग्रहण गर्दा अत्यन्तै खुशि लागेको भन्दै आफुले पाएको रकममा रेडियो मेलम्च्ीको तर्फबाट रु ५ हजार थपगरि सहयोग गर्न पाउँदा झनै खुशि लागेको सुवेदीले बताउनुभयो ।
शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि जिल्लामा क्रियाशील चार पत्रकारलाई सम्मान गरिसकेको छ । यसअघि सुदर्शन सिग्देल, ऋषिराम पौडेल, धुव्र दंगाल र दिनेश थापाले यो पुरस्कार पाइसकेका छन् ।
आफ्नो बुबा र सानुबुबाको स्मृतिमा खोलिएको यस संस्थाले २०६८ देखि नै एसएलसी टपरहरुलाई पुरस्कार तथा सम्मान गर्दै आएको पाण्डेले जानकारी दिनुभयो । अहिले संस्थाले दृष्टिविहिन, अपागं, दलित र आर्थिक अवस्था न्युन भएकालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
आज इन्द्रेश्वरी मावि मेलम्चीको २७ औं वार्षिकोत्सवको अवसरमा पत्रकारलाई पुरस्कार र विद्यार्थीलाई छात्रवृत्ति दिइएको थियो । हुतराज अर्थचन्द्र जनहितकारी संस्था २०६८ मा स्थापना भएको हो । यसले जिल्लामा शैक्षिक, सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।
आजको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठ लगायतले प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले पढाई सँगसँगै अतिरिक्त क्रियापलापमा पनि ध्यान दिनपर्ने बताउनुभयो ।
अर्यालले नयाँ सोच भएका युवाहरुलाई नगरले प्राथमिकता दिने बताउनुभयो । नगरपालिका क्षेत्रमा प्राविधिक जनशक्ति एवं विद्यालयहरुमा विज्ञान, गणित, कम्प्युटर अंग्रेजी विषयमा अध्यापन गराउन सक्ने जनशक्तिको चरम अभाव भएकाले यसै पालिकाका इच्छुक योग्यता पुगेका विद्यार्थीहरुलाई अध्यन अभिप्रेति गर्नका लागि नगर प्रमुख छात्रवृति कोष स्थापना गर्ने निर्णय भएको छ ।
उक्त कोषमा यसै आर्थिक बर्षमा रु २०लाख जम्मागर्ने र आवश्यक कार्यविधि तयार गर्ने निर्णय भएको छ । सामुदायिक विद्यालयहरुमा कार्यरत बालबिकास सहजकर्ता , विद्यालय सहायक तथा विद्यालय सहयोगिले प्राप्त गरेको पारिश्रमिक अत्यन्तै न्युन भएकाले आगामि शैक्षिक सत्र २०७८ देखि नगरपालिकाको तर्फबाट प्रति महिना २ हजारका दरले १३ महिनाको पारिश्रमिक भुक्तानि गर्नका लागि ११ लाख विनियोजन गर्ने निर्णय भएको छ ।कार्यक्रममा उत्कृष्ट विद्यार्थी देखि विद्यालय सहयोगि सम्मलाई सम्मान गरिएको थियो ।