चौतारा,फागुन १० ।
नेकपाको दाहाल-नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ ।
उक्त समुहले सोमबार ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो । जसमा पुष्पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ जिल्लामा नेतृत्व लिएका छन् ।
दाहाल समूहले ९ बुँदे मापदण्ड बनाएको थियो । जसमा करिब आधा-आधा गर्ने सहमति गरेका थिए ।