चौतारा, फागुन १०।
प्रेस संगठन नेपाल सिन्धुपाल्चोकको विस्तारित वैठकले प्रतिगमनको कदम विरुद्ध एक हुन आव्हान गरेको छ । आज जिल्ला सहसंयोजक अशोक पराजुलीको अध्यक्षतामा सम्पन्न भएको बिस्तारित बैठकले सबैमा प्रतिगामीको विरुद्धमा एक हुने निर्णय गरेको हो ।
सो कार्यक्रममा बोल्दै नेकपा प्रदेश कमिटी सचिवालय सदस्य शुभाष कर्मचार्यले पछिल्लो घटना परिघटनामा हामीले पदलाई गौण मानेर हाम्रो संगठनात्क मार्गदर्शक सिद्धान्तलाई आत्मसाथ गर्नु नै भविष्य सम्मको जित हुने बताए ।
उनले संगठनमा आवद्ध रहेकाहरूलाई क्रान्तिकारी रुप धारण गरेर केपी शर्मा ओली नेतृत्वको सरकारले गैर क्रान्तिकारी कदम विरुद्ध प्रेस संगठन नेपाल सिन्धुपाल्चोकलाई एकतावद्ध भएर अगाडि वड्न निर्देशन दिए ।
सो भेलामा प्रेस संगठनको सांगठानिक गतिविधी पत्रकार महासंघको अधिवेशन लगायत विविध विषयमा छलफल गरेको संगठनको जिल्ला सदस्य दिपक खत्रीले जानकारी दिए ।