दिपेश बिसुन्के,भक्तपुर,फगुन १२ ।
नागरिक समाज संजाल भक्तपुरको अगुवाइ चाँगुनारायण नगरपालिका वडा नं०६ मा रहेको तौथली आधारभुत विद्यालय र श्री कालिका माध्यमिक विद्यालयमा अनुगमन गरि सार्वजनिक विद्यालयको शौक्षिक गुणस्तर सुधार गर्न अनुगमन गरि सुझावहरु प्रदान गरियो ।
अनुगमनको क्रममा विद्यालयको शौक्षिक अवस्था, आर्थिक अवस्था, भौतिक पुर्वधार, व्यवस्थापकिय पक्ष, स्वास्थ्य मापदण्डको अवस्था, लगायत पक्षहरुको बारेमा स्थलगत अनुगमन गरि विद्यालयका प्रधानध्यापक,शिक्षक शिक्षिकाहरु,बालक्लबका प्रतिनिधिहरु, व्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावकहरु सँग भेटेर छलफल गरि प्रश्न उत्तर गरिएको थियो ।
स्थगत अनुगमनको क्रममा देखिएका राम्रो अभ्यासहरु अनुसर गर्दै यहि अवस्थालाई जोगाईराख्न सुझाव दिईएको थियो भने सुधार गर्नु पर्ने पक्षहरुमा विद्यार्थीहरुको संख्या बढाउनु पर्ने, स्वास्थ्य मापदण्ड पुर्ण रुपमा कार्यान्वयन गर्नु पर्ने, शौचालय कक्षा कोठाहरु पुर्ण रुपमा सरसफाइ हुनु पर्ने, खानेपानीको राम्रो व्यवस्थापन हुनु पर्ने, कम्पाउण्ड वाल लगाउने पर्ने,कर्मचारी र शिक्षक दरबन्दी बढाउनु पर्ने, विद्यार्थी सिकाई उपलब्धिहरु टास्नु पर्ने, सुचनापार्टिको व्यवस्था हुनु पर्ने, सम्बन्धि निकायहरुले अनुगमन गर्नु पर्ने, व्यवस्थापन समिति र अभिभावकहरु बिच छलफल बैठक हुनु पर्ने लगायको विषयमा सुझावहरु नागरिक समाजबाट दिईएको थियो ।
उक्त अनुगमनको प्रतिवेदन स्थानीय तहलाई एक कार्यक्रमका बिच बुझाउने गरि अनुगमन सम्पन्न गरियो, उक्त अनुगमन कार्यक्रमको आवश्यक समन्वय मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेको थियो ।