काठमाडौं, फागुन १३ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् ।
गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।
सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार बैठक आज दिउँसो तीन बजे बोलाइएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वी तराईमा रहेको र बुधबार साँझसम्म काठमाडौं आइपुग्ने भएकाले आजका लागि पदाधिकारी बैठक बोलाइएको उनले बताए।
छलफलमा अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएपनि ठोस सहमति भने भएको छैन।
<iframe src=”https://drive.google.com/file/d/1P63wPbEad-pyjHXTPQY8RzVZ56Phosvf/preview” width=”640″ height=”480″></iframe>