चौतारा, फागुन २६ ।
चौतारा अस्पताल सिन्धुपाल्चोकमा पहिलो पटक दन्त सेवाको सुचारु भएको छ ।
बुधबार अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद श्रेष्ठले सेवाको सुचारु गरेका हुन् । सेवा सुचारु भएसँगै अस्पतालमा आउने सेवाग्राहीले दाँत सम्बन्धी सम्पुर्ण सेवा अस्पतालबाट नै पाउनेछन् ।
अस्पतालले भोलिबाट नै न्युनतम शुल्कमा सेवा सुचारु गर्ने चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अमित प्रजापतिले जानकारी दिए ।
६० बर्ष माथिका जेष्ठ नागरिकको उपचारमा २० प्रतिशत छुट दिने तयारी गरिएको समेत प्रजापतिले बताए ।
चौतारा अस्पतालले दन्त सेवा सुचारु गर्न नसक्दा सेवाग्राहीले निजी क्ल्निकमा महंग पैसा तिरेर उपचार गर्न बाध्य रहेका थिए ।