काठमाडौँ, चैत्र १६ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ।
पार्टीको चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठकले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको हो ।
पार्टीको विधानविपरीत चलेको भन्दै नेता नेपाल र रावललाई कारबाही गरिएको हो ।