काठमाडौँ ,चैत्र १६।
आइतबार भएको त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जितेको छ।
दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २–१ हराएको हो।
खेलको पहिलो हाफको १८ मिनेटमा नेपालका लागि संजोग राईले पहिलो गोल गरेका थिए । त्यसैगरी पहिलो हाफकै ४३ मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएका थिए।
पहिलो हाफमा लिएको २ गोलको अग्रता नेपालले खेलको अन्त्यसम्म जोगाउन सकेन दोस्रो हाफमा बंगलादेशले १ गोल फर्काएको थियो ।