बाह्रबिसे, चैत्र २४ ।
भुकम्प पछि जिल्लामा धेरै संख्यामा सुबिधा सम्पन्न बिद्यालयहरु निर्माण भए । उचित आबश्यकता रहेको बिद्यालयहरु निर्माणको लागि छनोट हुन नसक्दा जिल्लामा बनेका सुबिधा सम्पन्न बिद्यालयहरु बिद्यार्थी बिहिन बनिरहेका छन् ।
तर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ५ गातीमा रेहेको श्री सिंगार्चे आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु अझैपनि टहरोमा नै पढन बाध्य रहेका छन् ।
गत २०७२ साल बैशाख १२ गतेको भुकम्पले भत्किएको बिद्यालयको ८ भवन नमस्ते नेपालले निर्माण गरिदिएको छ ।
तर २ बर्ष अघिबाट कक्षा ८ सम्म पढनको लागि स्वीकृति पाएको बिद्यालयमा हाल ७ कक्षासम्म पढाइ हुने गरेको बिद्यालको प्रध्यानाध्यापक साबित्री गुरुङले जानकारी दिइन् ।
बिद्यालयको भवनमा जम्मा ८ कोठा रहेको छ जसमा १ वटा अफिस रुम, १ वटा कम्प्युटर ल्याव र बालकक्षा देखि ५ कक्षा सम्म बिद्यालयको भवनमा नै रुप पुगेतापनि कक्षा ६ र ७ का बिद्यार्थीलाइ भने अझैपनि टहरोमा नै राखेर पढाउन बाध्य भएको प्रध्यानाध्यापक गुरुङले बताइन् ।
सो बिद्यालयको सबै कक्षामा गरेर हाल १४५ बिद्यार्थीहरु अध्यनरत रहेका छन् । “बिद्यालयमा कक्षाकोठाको अभावमा बिद्यार्थीहरुलाई टहरोमा पढाउनुपर्ने बाध्यता एकातिर छ अर्कोतिर बद्यालयमा शिक्षकको अभाव रहेको छ ।” प्रअ गुरुङले भनिन् ।
बाह्रबिसे नगरपालिका वडा नं. मा अबस्थित श्री सिंगार्चे आधारभुत बिद्यालयको भवनको नजिकै रहेको खोलामा गत असारमा २४ गते आएको बाढी सहितको पहिरोले बिद्यालयको भवन नै जोखिममा रहेर बिद्यालयको प्राङगण बगाएको थियो ।
बाढी पहिरोले बगाएको बिद्यालयको प्राङगण जिल्ला समन्वय समितिको आर्थीक सहयोगमा पुननिर्माण भएको छ । जिल्ला समन्वय समितिको र बाह्रबिसे नगरपालिकाको ‘म्याचिङ फण्ड’ मार्फत सो बिद्यालयको भवन जोगाउनको लागि जालि वाल सहितको ग्राबिन वाल लगाइएको हो ।
गत असारको बाढी पहिरोले बिद्यालयको भवनको पिल्लर नै देखिने बगाए थियो । धैरैतिर गुहार गर्दा जिल्ला समन्वय समितिबाट बल्ल सहयोग पाउन सक्यौ बिद्यालको प्रध्यानाध्यापक साबित्री गुरुङले भनिन् ।
जिल्ला समन्वय समितिको २२ लाख र बाह्रबिसे नगरपालिकाको १३ लाखको साझेदारीको सो बिद्यालयको भवनको लागि सुरक्षित बनाइएको हो ।