मेलम्ची,चैत २८ ।
मेलम्ची नगरपालिकाको वडा नं. ४ थकनीमा अवस्थित श्री कृष्ण मा.वि.को बिद्यालय व्यवस्थापन समिति गठनको बिवाद उत्सर्गमा पुगेको छ ।
राजनैतिक पुर्वाग्राहीको कारण २०७६ साल पुष महिनादेखि बिध्यालय व्यवस्थापन समिति गठन हुन नसकि रिक्त रहेको बिव्यस गठन हालसम्म पनि हुन सकेको छैन् ।
विध्यालय व्यवस्थापन समिति लामो समयदेखि रिक्त रहदा बिद्यालयको व्यवस्थापन तथा पठन पाठन समेत प्रभावित हुनुको साथै सिङ्गो गाउँको शैक्षिक अवस्थामा नै प्रभावित भइरहेको बिध्यालयको अभिभावक कुमारी तामाङले बताइन् ।
बिद्यालय व्यवस्थापन समितिको गठन बिधि तथा प्रक्रियाको बारेमा मेलम्ची नगरपालिका शिक्षा ऐन २०७५ ले स्पष्ट रुपमा अभिभावक बर्गलाई अधिकार प्रत्यायोजन गरेको अवस्थामा अभिभावक बर्गलाई बेवास्ता गरी व्यवस्थापन समिति निर्माण गर्न खोजिएपछि सो बिद्यालयमा व्यवस्थापन समिति गठनमा बिबाद आएको अभिभावक तथा राप्रपा नेत्री तामाङले बताइन् ।
बिध्यालयमा अभिभावकको मतको कदर नगरी नगरपािलकाले एकलौटी रुपमा समिति गठन गर्न खोजेको कारण विवाद झनै बढदै गएको अभिभावक सुनिल तामाङले बताए ।
`बिध्यालय व्यवस्थपा समिति गठनको लागि मेलम्ची नगरपालिका शिक्षा शाखाका अधिकृत सुदिन बुढाथोकी बिहिबार बिध्यालयमा नै पुगेका थिए, समिति गठन गर्न निकै प्रयास भयो तर पनि समिति बन्न सकेन्`नगरपािलकाका शिक्षा शाखा प्रमुख रबि शर्माले भने।
नगर शिक्षा प्रमुखले बिध्यालयमा विव्यस गठनको लागि पटकपटक प्रयास भएको हो तर पनि हामी असफल भयौँ अब अन्तिम बिकल्प भनेको वडाअध्यक्षको नेतृत्वमा बनेको वडा शिक्षा समितिले ३ जनालाई सिफारिस गर्छ र नगर शिक्षा समितिले सो ३ बाट एक जनालाई अनुमोदन गरेर पठाउने बताए ।
बिहिवारको अभिभावक भेलामा नगरपालिकाको शिक्षा ऐन बिपरित कार्य भएको खण्डमा कानुन बमोजिमको जुनसुकै कदम चाल्ने अभिभावकले आक्रोस समेत पोखेका छन् ।
गत मंसिरमा सो बिध्यालयका अभिभावहरुले यथासिघ्र बिध्यालय व्यवस्थापन समिति गठन गर्न भन्दै मेलम्ची नगरपालिकाको कार्यालयमा नै आएर ज्ञापन पत्र बुझाएका थिए । सोही ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय र शिक्षा बिकास तथा समन्वय इकाइमा समेत आइपुगेको छ ।
मेलम्ची नगरपालिकामा रहेका ६२ वटा बिध्यालयहरु मध्ये ५७ वटा बिध्यालयहरुमा मात्रै हाल विव्यस गठन भएको छ । बिबिध विवादका कारण नगरपालिका भित्रका ५ वटा माध्यामिक बिध्यालमा विव्यस गठन हुन नसकिरहेको शिक्षा शाखा प्रमुख शर्माले बताए।