जेष्ठ १२, चौतारा ।
सिन्धुपाल्चोक जिल्लामा मंगलबार एकैदिन ३ सय ४० जना संक्रमित थपिएका छन् ।
मंगलबार जिल्लामा हालसम्मकै धेरै संक्रमित फेल परेको हुन् । यस्तै मंगलबार नै जिल्लामा कोराका कारण ३ जनाले ज्यान गमाएका छन् ।
मंगलबार संक्रमित हुनेमा चौताराका ११४, शुनकोशीका ११८, मेलम्ची नगरपालिका २७, इन्द्रावतीका १, बाह्रबिसेका २१, भोटेकोशीका ३, लिसंखुका २४, , हेलम्बुका ४ र पाँचपोखरीका २१ जना गरी ३ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । यो सँगै सिन्धुपाल्चोक जिल्लामा बुधबारसम्म संक्रकितको संख्या २ हजार १ सय पुगेको छ ।
यस्तै मंगलबार मात्रै सिन्धुपाल्चोकका ३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । मंगलबार कोरोनाका कारण मृत्यु हुनेमा भोटेकोशीका १, इन्दावतीका १ र पाँचपोखरीका १ जना रहेको समेत चापागाईंले जानकारी दिए । यो संगै जिल्लामा कोरानाका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।
यस्तै कोरोनाको दोस्रो लहर शुरु भए यता सिन्धुपाल्चोकमा ३०७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।