जेष्ठ १२, चौतारा ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाका स्थानीय तह तथा स्वास्थ्य केन्द्रलाई लाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
संघले भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, बलेफि गाउँपालिका, सुनकोसी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका र जुगल गाउँपालिकामा आवश्य स्वास्थ्य सामग्री वितरण गरेको हो ।
सो स्थानीय तहलाई सर्जिकल माक्स ३० हजार पीस, केएन नाइन्टिन फाइभ माक्स ५६५ पीस, स्यानिटाइजर १७० लिटर, स्यानिटाइजर १९२ पिस, थर्मोमिटर गन १६ वटा, अक्सिमिटर १६ मिटर, पीपीइ ४० वटा र ग्लोब्स १ कार्टुन वितरण गरिएको संघका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए ।
त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेलाई ५० कार्टुन पानी, सिन्धु सदावहारलाई ५० कार्टुन पानी पनि संघले वितरण गरेको छ ।
संघले जिल्लाका अन्य स्थानीय तहमा पनि स्वास्थ्य सामग्री वितरण गर्ने बस्नेतले जानकारी दिए ।
स्वास्थ्य सामग्री वितरणमा संघका निवर्तमान अध्यक्ष वेद बहादुर श्रेष्ठ र हिमालय सिमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष वच्चु पौडेल पनि सहभागी थिए ।
यस्तै संघले जिल्लामा हालसम्म ६१ वटा अक्सिजन सिलिण्डर भरेर स्वास्थ्य संस्थामा दिएको छ ।