जेष्ठ २०, काठमाडौं ।
सांसद शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं.२ बाट बिजयी भइ सांसद बनेका तामाङले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
अघिल्लो पटक कानुन मन्त्रालयको जिम्मेवारी पाएका तामाङले यसपटक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
नेकपा एमाले केन्द्रिय सचिवको जिम्मेवारीमा समेत रहेका तामाङ नेकपा बिभाजन पछि माधबकुमार नेपालको प्यानल छाडेर प्रधानमन्त्री केपि शर्मा ओलि तर्फ लागेका थिए ।