असार ११, चौतारा ।
असार १ गते मनाङमा गएको बाढीबाट प्रभावित बनेकाहरुका लागि सिन्धुपाल्चोकका व्यपसायीहरु राहत सहयोग गर्नु पुगेका छन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सिमापार वाणिज्य संघले संयुक्त रुपमा लमजुङमा पुगेर राहत सामग्री सहयोग गरेका हुन् ।
व्यवसायीहरुले २ सय बोरा चामल, २५ बोरा दाल, २० बोरा नुन, २५ कार्टुन तेल, १० बोरा चिउरा र १ सय ५० कार्टुन चाउचाउ सहयोग गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत(राजकुमार) ले जानकारी दिए ।
उक्त सामाग्री मस्र्याङदी होटल चेयरम्यान कान्छा गुरुङ सहित होटल व्यवसायीहरु त्रिपल गुरुङ र पाल्यासाङ गुरुङलाई हस्तान्तरण गरिएको हो ।
सामाग्री लिएर सिन्धुपाल्चोकबाट उद्योग वाणिज्य संघ सिन्धुका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठ, सदस्य भुपेन्द्र भण्डारी, आजिवन सदस्य रामबाबु श्रेष्ठ,हिमालय सिमापारका निवर्तमान अध्यक्ष बच्चु पौडेल र उपाध्यक्ष सुजित बस्नेत सहभागी भएका थिए ।
विभिन्न विपत्तिहरुमा संधै पीडितको आँशु पुछ्न अगाडी पुग्ने जिल्लाका व्यवसायीहरुले मेलम्ची बाढीमा समेत मेलम्ची नगरपालिका र हेलम्बु गाँउपालिकालाई घटनास्थलमा नै पुगेर विभिन्न राहत सामाग्री वितरण गरेको थियो ।