हेलम्बु,सउन ९ ।
असार १ गते आएको बाढीको कारण हेलम्बु गाँउपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँ पालिकामा अतुलनीय मानवीय एवम भौतिक क्षति भएको थियो ।
बिपद्को यस घडीमा सबै मिलेर पीडित हरुलाई सहयोग गर्ने मानवीय धर्मलाई आत्मासाथ गर्दै असार १ गते आएको भीषण बाढीका ह्योल्मो योङ्स्टार युथ क्लब र जुभिङ शेर्पा किदुक मिलेर हेलम्बु गाउँपालिका वडा न १ को हल्दे, तल्लो तिम्बु , चिउरिखर्क बस्तीहरुमा राहत एवम सहयोग कार्यक्रम सन्चालन गरेको छ ।
बिपदमा परि मृत्यु भएका परिवारलाई प्रती मृतक २५००० का दरले हेलम्बु १ का ५ मृतक परिवारलाई ह्योल्मो योउङ्स्टार युवा क्लबको तर्फ बाट आर्थिक सहयोग प्रदान गरेको र हल्दे र तल्लो तिम्बु बस्तीका १४ पीडित परिवारलाई २।५ बण्डलका दरले ३६ बण्डल हुलास रंगिन जास्ता पाता जुभिङ शेर्पा किदुकको तर्फबाट बितरण गरिएको क्लबका अध्यक्ष पसाङ लामाले बताए ।
यसै गरि हेलम्बु १ को चिउरिखर्क बस्तीका २२ परिवारका लागि खानेपानि, विद्युत र सरसफाइ सम्बन्धि सामाग्री हरु पनि बितरण गरिएको क्लबका सचिव पेमा शेर्पाले बताउनु भएको छ । उक्त बस्तीका पीडित हरुका लागि प्रती परिवार ५०० लिटरको नेपाटप पानी ट्याङ्की, घरका लागि आवश्यक बिजुलीका सामाग्रीहरु र सरसफाइका लागि अत्यावश्यक सामाग्रीहरु को सेट उपलब्ध गराएको थियो ।
बिपदका बेला मानवताको नाताले एक अर्कालाई सहयोग गर्नु नै हाम्रो मानव धर्म रहेकोले हेलम्बु क्षेत्रमा परेको यस बिपदमा साथ दिन आएको जुभिङ शेर्पा किदुकका अध्यक्ष लाक्पा शेर्पाले बताए साथै अभिभावक गुमाएका बालबालिकाका लागि सहयोग गर्न लागिपरेको उनले बताए ।
यसै गरि बिपदको बेलामा आफू चुप लागेर बस्न नसकेको र आफ्ना गाउँका युवा टोलिको होस्टेमा हैसे गर्दै सक्दो सहयोगमा जुटेको समाजसेवी एवम क्लबमा सल्लाहकार उर्किन शेर्पाले बताए ।
एउटा सचेत र जिम्मेवार नगरिक भएको नाताले हरेक सुख र दुखमा एकले अर्कोलाई गर्नु सबैको कर्तव्य भएकोले यस बिपदमा सक्दो सहयोगका लागि युवाहरु मिलेर सहयोगमा जुटेको क्लबका पुर्व क्याप्टेन एवम सल्लाहकार युवा नेता आङ्दावा लामा लागीपरेको बताए ।
बिपदको बेलामा जनप्रतिनिधी, समाजसेवी सबैको महत्त्वपूर्ण भुमिका रहने र यस घडिमा सहयोग गर्न आउनु भएकोमा ह्योल्मो योङस्टार क्लब एवम जुभिङ शेर्पा किदुक मा हृदयदेखि नै धन्यवाद एवम हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि समन्वय र सहकार्य गर्दै अघि बढ्न आफू तयार रहेको हेलम्बु गा पा १ का अध्यक्ष मिङमार लामाले बताउनु भएको छ भने उहाँकै उपस्थितिमा क्लबले राहत बितरण कार्यक्रम सम्पन्न गरेको छ ।