चौतारा, साउन २९ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (अखिल क्रान्तिकारी) जुगल गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलन बाट क. अच्युत अधिकारी निर्विरोध जिर्वाचित भएका छन् ।
कार्यक्रम माओवादी केन्द्र जिल्ला सदस्य अम्बिका नेपाल को प्रमुख आतिथ्यता र पालिका उपाध्यक्ष इस्वर गुवाजु को विशेष आतिथ्यतामा सप्पन्न सो सम्मेलनले अधिकारीको अध्यक्षता ३१ सदस्यीय गाउपालिका समिती गठन गरेको हो ।
अखिल (क्रान्तिकारी) जिल्ला सचिवालय किमिटिको बैठकले भदौ १५ गते सम्ममा नगर तथा पालिका स्तरीय सम्मेलन सक्ने र असोज २ र ३ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
शनिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (अखिल क्रान्तिकारी) बलेफी पालिकाको सम्मेलन मिति तय भएको छ ।