चैतारा, भाद्र ८ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल र जल्विरे प्राथमिक स्वास्थ्य केन्द्रमा एशिया नेपालले कोभिड १९ प्रतिकार्यको लागि स्वास्थ्य सामाग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ ।
अक्सिजन कन्सन्ट्रेटर ६÷६ थान, सि क्यापडिभाइस लगायतका अन्य कोभिड प्रतिकार्यका कूल २६ लाख बराबरको सामाग्री एशिया नेपालका कार्यक्रम निर्देशक नवराज आचार्यले चौतारा अस्पताल र जल्विरे प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रम निर्देशक आचार्यले मंगलबार चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इश्वरी श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा.करुणा बज्रचार्य र जल्विरे प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.प्रशान्त ज्ञवालीलाई एक कार्यक्रमका बिच हस्तारन्तरण गरेका हुन् ।
सामाग्री बुझ्दै चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इश्वरी श्रेष्ठले अस्पतालबाट दिने सेवामा यस्ता सामाग्रीहरुले महत्वपूर्ण सहयोग गर्ने बताए । अध्यक्ष श्रेष्ठले सामाग्री सहयोगका लागि एशिया नेपाल लगायतका सहयोगी संस्थाहरुलाई धन्यवाद व्यक्त समेत गरेका छन् ।
एशिया नेपालका परियोजना प्रबन्धक सुनिल खनालले सिन्धुपाल्चोकमा कोभिड प्रतिकार्यमा सहयोग गर्न पाउँदा खुशी भएको बताए । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमको समन्वय गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य राजेन्द्र शर्माले गरेका थिए ।
एशिया नेपालका कार्यक्रम निर्देशक नवराज आचार्यले एशिया नेपालले विगतमा पनि सिन्धुपाल्चोक जिल्लामा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको र कोभिड प्रतिकार्य लगायतका अन्य स्वास्थ्य सेवाहरुमा आँउदा दिनहरुमा पनि समन्वय गर्ने प्रतिवद्धता समेत जाएर गरेका छन् ।