चौतारा,भाद्र १५ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेकी छन् ।
मंगलबार काठमाडौँमा आयोजित उपत्यकामा उपलब्ध सिन्धुपाल्चोकका कार्यकर्ताको भेलामा उनी सहभागी भएकी हुन् ।
एमालेमा नेपाल समूहको गढ मानिएको सिन्धुपाल्चोकका जनप्रतिनिधिहरु कतै नखुलेको अबस्थामा उनि समाजवादीमा खुलेकी हुन् । यस अघिपनि उनि माधव नेपाल पक्षमा थिइन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का वडाध्यक्ष बेलबहादुर महत पनि सो कार्यक्रमबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्नका लागि निर्वाचन आयोगले यही भदौ २२ गतेसम्मको म्याद दिएको छ ।