चाकु, कात्तिक १३ ।
भोटेकोशी गाँउपालिकाले गाँउपालिका बासिको लागि १ दिने आँखा शिबिर संचालन गरेको छ ।
गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले उदघाटन गरेको सो शिबिरमा गाँउपालिकाका ९७ जनाले सेवा लिएको पौडेलको स्वकिय सचिव धुब्र थापाले जानकारी दिए ।
सो शिबिरमा परिक्षण गर्दा मोतियाबिन्दु बिरामीको बाह्रबिसे शहरी आँखा क्लिनिकमा मंसिर ८,९ र १० गते निशुल्क अप्रेशन गरिने समेत थापाले जानकारी दिए ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ, जिल्ला सामुदायिक आँखा केन्द्र चौतारा र बाह्रबिसे शहरी आँखा क्लिनिकको सहकार्यमा मार्मिङ स्वास्थ्य चौकी, चाकुबजारमा संचालन भएको हो ।