चौतारा, कात्तिक २५ ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले थप दुई मन्त्री नियुक्त गरेका छन्। उनले आर्थिक मामिला तथा योजना र स्वास्थ्यमन्त्री नियुक्त गरेका हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालायमा नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्कट्टेल र स्वास्थ्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका सचिव निमा लामा नियुक्त भएका हुन् ।
स्वास्थ्यमन्त्री लामा सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा ख बाट निर्वाचित सांसद हुन् ।
नवनियुक्त दुवै मन्त्रीले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष बिहीबार साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
मुख्यमन्त्री पाण्डेले यसअघि आफू नियुक्त भएलगत्तै गठबन्धनका तिनै दलबाट एक एक जना गरी तीन जना मन्त्री नियुक्त गरेका थिए।