चौतारा, मंसिर ४ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सिन्धुपाल्चोककाे अध्यक्षको जिम्मेवारी नवराज पौडेलले पाएका छन् ।
जिल्ला कमिटिको प्रथम बैठकले जिल्ला अध्यक्षको जिम्मेवारी पौडेलाई दिएको हो ।
अध्यक्षमा पौडेल सहित उपाध्यक्ष रामजी थापा, सचिव बिनाेद खनाल, सहसचिव डि बी थापा, सहसचिव अनिता लामा, सहसचिव कुमा राज घतानि लाई जिम्मेवारी प्रदान गरिएको पार्टीको जिल्ला सह-ईन्चार्ज साेम सापकोटाले जानकारी दिए ।शनिबार चौतारामा सम्पन्न भएकाे बैठकले पार्टीको जिल्ला कमिटीलाई पुर्णता दिएकाे हो ।