हेलम्बु ,मंसिर ६ ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं. ७ सुर्सिङमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ ।
आगलागीमा परि एकै घरका दुई दाजुभाईसहित तीन जनाकाे मृत्यु भएकाे हो ।
मृत्यु हुनेमा सन्च तामाङको छोरा ६ बर्षको मनोज तामाङ, सुकुमान तामाङको छोरा ५ बर्षको मनिस तामाङ र साईला तमाङ को छोरा ५ बर्षको दिल बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।
गाेठमा भण्डार गरिराखेकाे मकैकाे ढाेड र सुकेकाे नलमा आगो सल्किँदा आगलागि भएको हुन प्रहरीले बताएको छ ।
सोमबार साँझ सन्च तामाङको घर नजिकै रहेको गोठमा आगलागि भएको हो । सो घरमा अभिभावक काेही नहुँदा लागेकाे आगाे तत्काल निभाउन नसक्दा मानवीय क्षति हुन पुगेकाे प्रहरीले जनाएको छ ।
गाई भैसिलाई खोले पकाउने गाेठमा लाईटर रहेकाे र ती बालबालिकाले साे लाईटर खेलाउँदा आगलागी भएकाे हुनसक्ने अनुमान प्रहरीले लगाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।