चौतारा,९ मंसिर ।
सातौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोकले दिगो औद्योगिक पुनरुत्थान सम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ ।
‘स्वेदशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान’ भन्ने मूल नाराका साथ सातौं उद्योग दिवस अन्तरक्रियाका साथै विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको हो ।
सो अवसरमा चौतारामा कार्यालय परिसर सरसफाई, कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै सरोकारवाला निकायहरु र उद्यमीहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका ५ का वडा अध्यक्ष्य नरमान श्रेष्ठ, नगरपालिका उद्योग शाखाका प्रतिनिधि पार्वती घले, पत्रकार नेत्र बहादुर बस्नेत, जिल्ला आयर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख उत्तम ठकुरी, नेपाल उपभोक्ता मञ्च नेपालका अध्यक्ष संसार श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उषा तामाङ्ग, उद्योग वाणिज्य संघका प्रतिनिधि, निर्माण व्यवसाय संघका प्रतिनिधि, पहिलो सेवाग्राही महेश्वरलाल श्रेष्ठ लगायत अन्य उद्यमीहरुको सहभागिता रहेको थियो ।
कार्यालय प्रमुख रामशरण गौतमको अध्यक्षतमा भएको अन्तरक्रिया कार्यक्रममा उद्यम विकास सहजंकर्ता हरि विश्वकर्माले ‘स्वेदशी उद्यम र उत्पादनस् दिगो औद्योगिक पुनरुत्थान’ भन्ने विषयमा कार्यालयको तर्पmबाट प्रस्तुतीकरण गरिएको थियोे ।
कार्यक्रममा उद्यमीहरुले घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गर्ने सेवा सुविधा प्रभावकारी भएको प्रतिकृया दिएका थिए । वडा अध्यक्ष नरमान श्रेष्ठले कार्यक्रममा मन्तव्य राख्दै घरेलु कार्यालयले उद्यम प्रवर्धनमा ठूलो टेवा पुर्याएकोे बताए ।