अर्जुन शर्मा, सिन्धुपाल्चोक ।
नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) सिन्धुपाल्चोकको १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन भएको छ ।
१२ वटा स्थानिय तह रहेको जिल्लामा नेकपा माओवादी केन्द्राले आज एकै दिन ९ वटा तहमा पालिका अधिवेशन गरेको हो । जिल्लाको जुगल गाँउपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न गरिसकेको थियो ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्चि नगरपालिका, हेलम्बु गाँउपालिका, पाँचपोखरी थाङपाल गाँउपालिका इन्द्रावति गाँउपालिका शुनकोशी गाँउपालिका,बलेफी गाँउपालिका, बाह्रबिसे नरगपालिका र लिसंखुपाखर गाँउपालिकामा आज सम्मेलन सम्पन्न भएको हो ।
जिल्लाको भोटेकोशी गाँउपालिका र त्रिपुरासुन्दरी गाँउपालिकामा भने आज अधिवेशन हुन नसकेकको जिल्ला अध्यक्ष गोविन्द पाराजुलीले जानकारी दिए ।
आज अधिवेशन हुन नसकेका त्रिपुरासुन्दरी गाँउपालिकामा भोलि सम्पन्न हुने र भोटेकोशी गाँउपालिकामा भने १५ गते सम्मेलन गर्ने तयारी रहेको समेत उनले बताए । सम्पन्न वटा स्थानिय तहको अधिवेशनमा कुनै पनि विवाद उत्पन्न नभइ सर्बसहमतिमा नेतृत्व चयन भएको हो ।