चौतारा, जेठ ३।
चौतारा साँगाचौकगढी नगरपालिकाको नगरप्रमुखमा माओवादी केन्द्रीय सदस्य एवम् सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा “देशबन्धु’ विजय भएका छन् ।
आफ्ना प्रत्यासी नेकपा एमालेका उम्मेद्वार इन्द्र नेपाललाई फराकिलो मतान्तरमा हराउदै चौतारा साँगाचौकगढी नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।
सापकोटाले ११ हजार ७२ मत प्राप्त गरेर विजय भए भने उनका प्रत्यासी एमालेका इन्द्रबहादुर नेपालले ६ हजार ७११ मत ल्याएका छन्। यस्तै चौताराको उपप्रमुखमा भने एकिकृत समाजवादीकी सीता थापाले एमालेकी बालकुमारी सापकोटालाई हराउदै जित हाँसिल गरेकी छन् ।
त्यसैगरी उपप्रमुखमा थापाले ९ हजार ७ सय २६ मत ल्याउदा उनका प्रत्यासी एमालेकी बालकुमारी सापकोटाले ७ हजार ५११ मत ल्याएकी छिन् ।
नगरउपप्रमुखमा निर्वाचीत थापा २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उपप्रमुखको उम्मेद्वार बनेकी थिइन् । सो स्थानीय तहको चुनावमा उनि माओवादी केन्द्रकी उम्मेद्वार जानुका पराजुलीसँग पराजित भएकी थिइन् ।