चौतारा ः
पहिरोको जोखिम भएर विस्थापित भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका -७, डाँडागाउँका एक सय २२ घरलाई सहायता सामग्री वितरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, सिन्धुपाल्चोकको समन्वयमा पवन माडवारी र रविन हुड आर्मिले खाद्यान्न र औषधि सहयोग गरेका हुन् ।
डाँडागाउँका प्रभावितलाई खाद्यान्न सहयोग अन्तर्गत चामल, दाल, तेल सहित नुन वितरण गरिएको रविन हुड आर्मीका उपाध्यक्ष ओजन पराजुलीले बताए । उनिहरुलाई ब्लाङ्केट सहित त्रिपाल पनि सहयोग गरिएको थियो ।
पहिरो तथा बाढि प्रभावितलाई लक्ष्यित गरि विभिन्न १२ किसिमका औषधि समेत प्राथमिक स्वास्थ्य केन्द्र , बाह्रबिसेमा उपलब्ध गराईएको राप्रपा केन्द्रीय सदस्य एवं पुर्व संविधान सभा सदस्य रमेशकुमार लामाले बताए ।
माक्स, सेनिटाईजर सहित विभिन्न औषधिहरु तेरिस फर्मासिस्ट, धादिङले उपलब्ध गराएको थियो । यसअघि विपदमा परेका धेरै सिन्धुबासिलाइ लाखौं मुल्य बराबरको राहत उपलब्ध गराईसकीएको र आफुहरुले लैजान बाँकी अन्य स्थानमा छिट्टै राहत पु¥याउने उनले बताए ।
राप्रपाले डाँडागाउँमा रहेको श्री पन्चकन्या आधारभूत विद्यालयका १ सय ३ जना विद्यार्थीको लागि कापी, कलम, सिसाकलम लगाएको सामग्री समेत उपलब्ध गराएको थियो ।
डाँडागाउँ लगाएत घुम्थाङका सबै पिडितहरूलाई अन्य सरकारी तथा गैरसरकारी संस्थाहरूले सहयोग उपलब्ध गराउदा करिब २ घण्टा पैदल दुरिमा रहेक तल सखुवाबाट दिदै आएकोमन राप्रपाले भने गाँउमै आएर सहयोग दिंदा स्थानियहरू समेत खुसि भएका थिए । राप्रपाले यसअघि नै नागपुजे र भिरखर्कका पहिरो प्रभावितहरूलाइ सहयता सामाग्री हस्तान्तरण गरिसकेको छ ।