चौतारा,असोज २७ ।
६५औं प्रहरी दिवस अवसरमा ५५ जना सुरक्षाकर्मीहरुले रक्तदान गरेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी हेटौंडासँगको समन्वयमा मंगलबार रक्तदान कार्यक्रम गरीएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरी जानकारी दिनुभएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण हेटौंडामा कार्यरत ५५ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका प्रहरी वरिष्ठ उपरीक्षक गिरी जानकारी दिनुभयो ।
प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, प्रदेश प्रहरी श्रीमती संघबाट हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगाएतका कार्यक्रम सञ्चालन गर्ने तय भएको समेत प्रहरी वरिष्ठ उपरीक्षक गिरीले जानकारी दिनुभयो ।
नेपाल प्रहरी स्थापनाको अवसरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।यहि असोज ३० गते ६५ औं प्रहरी दिवस २०७७ मनाईदै छ ।