चौतारा ।
स्वर्गीय प्रविण कुमार घलेको मृत्यु भएको १३ औ पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको छ ।श्रद्धाञ्जली सभामा उपस्थिति भएका सबैले मृतक घलेको समाजमा गरेको कार्यको प्रशंसा गर्दै उहाँको मृत्युले समाज र राष्ट्रलाई निकै नै ठुलो क्षति पुगेकोमा दुख व्यक्त गर्नुभएको छ ।
मृतक घलेको नै निवासमा पुगेर बागमती प्रदेशका सामाजिक बिकास मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य युवराज दुलाल सहितको शुभचिन्तक टोलिले मृतक घलेको तस्बिरमा मालार्पण गरि सम्मन व्यक्त गर्नुभएको हो ।
सो श्रद्धाञ्जली सभामा मृतक घलेलाई सम्झदै प्रमुख अतिथि दुलालले घलेको मृत्युवरणले उहँको परिवार मात्रै नभएर सिङगो समाज नै दुखि भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यस समाजमा उहाँल गरेको योगदान र अभियानको प्रशंसा गर्दै उहाँको मृत्युवरणले सिङगो समाज नै अभिभावक बिहिन हुन पुगेको छ ।
उहाँको भौतिक रुप हामी सँग नभएता पनि उहाँ सँगसँगै उहाँ सँगको सामिप्यता सँगै रहने छ ।” उहँले देख्नुभएको समाजको लागि सुन्दर सपना हामी पुरा गर्नेछौँ उहाँले भन्नुभयो ।
सो र्यक्रममा बिशेष अतिथि नेकपा बागमती प्रदेश कमिटि सचिवालय सदस्य सुभाष कर्माचार्यले मृतक घलेले समाजको शैक्षिक,आर्थिक तथा सामाजिक कार्यमा अतुलनिय योगदान पुर्याउनुभएकोमा प्रशंसा गर्दै उहाले देख्नुभएको सपना पुरा गर्न पार्टीले साझा रुपमा लिएर पुरा गर्ने समेत बताउनुभएको छ ।
श्रद्धाञ्जली सभामा मृतक घलेलाई सम्झदै चौतारा साँगाचोकगढि नगरपालिकाका मेयर अमान सीं तामाङले उहँको मृत्युले नगरपालिकालाई निकै ठुलो क्षति पुगेको स्मरण गर्नुभएको छ । नगर प्रमुख तामाङल भन्नुभयो, “कसैको मरण कुखुराको प्वाख जस्तो हलुँगो र कसैको मरण पहाड जस्तो गरुँगो हुन्छ तर प्रविणको मृत्युले नगरपालिकामा नै अभाव खडकाएको छ । उहाँले मरणको अन्तिम बेलामा भन्नुभएको कुरा स्मरण गर्दै उहाँको परिवारलाई सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ।
तोप २१, चौतारा साँगाचोकगढि नगरपालिका वडा नं.५ , निर्माण व्यवासायी संघ सिन्धुपाल्चोक, नेकपा वडा कमिटि ५नं.को सयुक्त आयोजनामा भएको सो श्रद्धाञ्जली सभाको सभाध्यक्ष नेकपा वडा कमिटि ५नं.का अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।
प्रविण कुमार घलेको परिवारलाई क्रिया खर्च बापत नगरपालिकाले २५ हजार र निर्माण व्यवसायि संघ सिन्धुपाल्चोकले १ लाख नगद सहयोग समेत गरेको छ ।
यस्तै तोप २१ले मृतक घलेको छोरीको पठनपाठनको लागि उनको नाममा बैंकमा खाता खोलि १ लाख २१ हजार मुद्दति खातामा राखिदिने समेत भएको छ ।
चौतारा साँगाचोकगढि नगरपालिका वडा नं. ५ का वडा सदस्य समेत रहेका प्रविण क्यान्सर जस्तो प्राण घातक रोगले पीडित हुनुहुन्थ्यो ।