चौतारा ।
आफ्नै घरमा आगलागी हुँदा घाइते भएकी मेलम्ची नगरपालिका वडा नं १ वीर वहादुर तामाङको छोरी कुमारी तामाङलाई राप्रपाका केन्द्रिय सदस्य बाबुराम खड्का ले आर्थिक सहायोग गर्नु भएको छ ।
आफ्नै घर आगलागी परि सुष्मा मेमोरियल हस्पिटल साँखुमा उपचाररत तामाङलाई आइतबार केन्द्रिय सदस्य खडकाले अस्पतालमा नै पुगेर आर्थिक सहायोग गर्नु भएको राप्रपा निकट महिला संगठनकी केन्द्रिय माहासचिव कुमारी तामाङले जानकारी दिनुभएको छ ।
गत साता आफ्नै घरमा आगलागी भइ उपचाररत पीडित तामाङको आगोमा परी औँला समेत गुमेको छ ।