चौतारा ।
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ मा रहेको इर्खु स्वास्थ्य चौकिमा रहेको एम्बुलेन्स लाई एम्बुलेन्स सञ्चालनको लागि टायर प्राप्त भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष्य पशुपति शम्शेर राणाको विशेष सहयोगमा ईर्खुका समाजसेवि तथा स्वास्थ्य चौकि ब्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर ठकुरीको सक्रियतामा प्राप्त एम्बुलेन्सलाई निकट भबिष्यमा टायरको समेत समस्या नपरोस भनेर टायर समेत दिइएको राप्रपाका केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरिले जानकारी दिए ।
राप्रपाको सहयोगमा केहि समय अगि मात्रै इर्खु स्वास्थ्य चौकिलाई एम्बुलेन्स प्राप्त भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टिका क्षेत्रिय सदस्य ध्रुब थापाले सञ्चालन गर्नु भएको कार्यक्रममा राष्टिय प्रजातन्त्र पार्टिको केन्द्रीय सदस्य उदय सापकोटा,जित बहादुर भारति लगाएतले मन्तब्य राखेका थिए ।