भक्तपुर, माघ ३ ।
युवाका साथ साथ आवाज नेपालको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
भक्तपुर जिल्लामा वि।सं २०७४ सालमा बालक्लबका पुर्वसदस्यहरुले स्थापना गरेको युवा संस्था आफ्नो स्थापना काल देखि महिला बालबालिका र युवाको क्षेत्रमा वकालत र पैरवी गर्दै युवा नेतृत्व विकास र परिचालनमा जोड दिदैँ आईरहेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष राजेश घिमिरेको सभाध्यक्ष, प्रमुख अतिथि संस्थाका संरक्षक वाग्मती प्रदेश सभा सदस्य शंशीजङ्ग थापा, विशेष अतिथि गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराई, जि।स।स भक्तपुरका उपप्रमुख सरिता कुँवर, सुर्यविनायक नगरपालिका वडा नं।७ का वडा अध्यक्ष रविन्द्र सापकोटा र अतिथिहरु नेपाल पत्रकार महांसघ भक्तपुरका सभापति पुष्करराज बुढाथोकी, सुर्यविनायक नपा र चाँगुनारायण नपा। कार्यपालिका सदस्य दिपक विसुन्के र कृष्णा कार्की, कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापा, ल् प्याप्सन भक्तपुरका अध्यक्ष संजय खड्का, मनोरम स्कुलका साहयक प्रधानध्यापक राम सुन्दर गोसाई, संस्थाका संस्थापक द्वय विनोद खत्री र दिपेश बिसुङ्के लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थिति सहभागीहरुलाई संस्थाको उपाध्यक्ष देवेन्द्र आचार्यले स्वागत गर्नु भएको थियो भने कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाका सदस्य श्री आस्मा बस्नेतले प्रस्तुत गर्नु भएको थियो साथै आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष अमर शिवाकोटीले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा प्रमुख अतिथि शशी जङ्ग थापाले युवा नेतृत्व विकास र परिचालन, युवा उद्यमशिलता प्रबर्द्धन र स्वरोजगारमा युवाहरुलाई जोडै समाज विकासको निम्ति अझै सशक्त ढंगले अगाडि बढ्दै जानू पर्ने र प्रदेश सरकार बाट हुन सक्ने साथ सहयोग र युवा विकासका कार्यक्रमहरुलाई प्राथमिकतामा राखि युवाहरुलाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने विचार व्यक्त गर्नु भयो ।
मन्तव्य कै क्रममा कार्यक्रमका विशेष अतिथि गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराईले युवा जागे मात्र देश र समाजमा रुपान्तरण सम्भावना हुने र अब राजनीति रुपमा मात्र युवाहरुलाई प्रयोगको गर्न नहुने समाजको योग्य र दक्ष जनशक्ति बनाउन सामाजिक विकासका गतिविधिहरुमा सक्रिय सहभागीता गराउँदै अगाडि बढाउनु र युवा नेतृत्व विकासको निम्ति आफ्नो तर्फबाट सकेको योगदान र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा उपस्थिति अतिथिहरुले मन्तव्य दिने क्रममा संस्थाले गरेका कामहरुको प्रशंसा गर्दै भावी दिनहरुमा अझै महिला, बालबालिका र युवाहरुको क्षेत्रमा उल्लेखनिय कामहरु गर्दै अगाडि बढ्दै युवाहरुको नेतृत्व विकासमा जोड दिदै अगाडि बढ्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो भन्ने जानकारी कार्यक्रम सञ्चालन एंव संस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी दिनु भयो साथै वार्षिक साधारणसभा एंव कार्यक्रमको उद्घाटन सत्र सम्पन्न प्रश्चात दोस्रो अधिवेशन एंव बन्द सत्र शुरु भएको थियो ।
अधिवेशन बाट ७ सदस्यीय कार्यसमिति दुई बर्षको कार्यकालको लागि सर्वसहमत अध्यक्ष देवेन्द्र आचार्य,उपाध्यक्ष अमर शिवाकोटी, सचिव श्रीकृष्ण थापा, कोषाध्यक्ष आस्मा बस्नेत र कार्यसमिति सदस्यहरु सोना तचामो,रविन थापा र आस्था बस्नेत निरबिरोध निवार्चित हुनु भएको निर्वाचन समितिका अधिकृत दिपेश बिसुङ्केले जानकारी दिनु भयो ।