चौतारा ।
जुगल गाउँपालिकाकी एक महिलालाई जबरजस्ती बलात्कार गर्ने जुगल गाउँपालिका ४ स्थायी घर भई काठमाडौं ढल्कु बस्ने वर्ष २४ का कैलाश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार रहेका नेपालीलाई महानगरीय अपराध महाशाखा काठमाण्डौको समन्वयमा नेपालीलाई कंलकीबाट आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका महानगरीय अपराध महाशाखा काठमाण्डौले जानकारी दिएको छ । सोही घटनामा संलग्न एक जना अझै फरार रहेका छन् ।
प्रहरीले सामुहिक बलात्कारमा संलग्न जुगल गाँउपालिका ४ का विकास सिलवाल र जुगल ५ ढाडेका रञ्जित श्रेष्ठलाई यसअघि नै नियन्त्रणमा लिएको छ ।
गत असोज २६ गते जुगल ४ कुचुतीबाट जलविरे आएकी २९ वर्षीय महिला सामुहिक बलात्कारको शिकार भएकी थिइन् । जलविरेबाट घर फर्कदै गरेकी उनलाई मोटरसाइकलमा आएका युवाले घर पुर्याइदिन्छौं भन्दै मोटरसाइकलमा हालेर माञ्जेमा लगेर सामुहिक बलात्कार गरेका थिए ।
बलात्कार गरेपछि युवाले महिलासँग भएको १० लाख नगद र घडीसमेत लुटेका थिए ।