खाडीचौर, २० माघ ।
थुम्पाखरमा भएको बस दुर्घटनामा घाइते भइका १९ जनामध्ये १५ जनालाई सिन्धु सदाबहार अस्पतालबाट थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको छ ।
दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको रोल्वालीङ यातायात को यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको थियो । लामोसाघु जिरी सडक खण्डमा बा २ ख २७८९ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका सिन्धुपाल्चोक बलेफी —६ का ३७ वर्षका सिताराम थापा सहित दोलखा विगु—३ का जंग बहादुर ठकुरी लगाएत १५ जनालाई रिफर गरिएको हो । उनीहरुमध्ये केहीलाई शिर मेमोरियल अस्पताल, बनेपा र बाँकीलाई भने ह्याम्स हस्पिटल पठाइएको अस्पताल स्रोतले जनाएको छ ।
बाँकी ४ जनाको अवस्था सामान्य रहेकोले हालसम्म सिन्धु सदावहार अस्पतालमा नै रहेको र रिफर गर्ने वा घर पठाउने बारे छलफल भइरहेको अस्पतालले जनाएको छ ।