चौतारा, फागुन १ ।
हिराहरि तेक्वान्दो डोजाङ , चौताराको जुनियर तेक्वान्दो परिक्षा,खेलाडी सम्मान तथा प्रमाणपत्र बितरण सम्पन्न भएको छ ।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखी निलो(रातो पेटी सम्मको ग्रेडिङ लिईएको थियोे ।
ग्रेडिङमा सेतो पेटीका प्रकाश तामाङ डबल प्रमोसन सङै पहेलो( हरियो पेटीमा पुग्न सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण भएका छन ।कोरियन कालोपेटिको प्रमाणपत्र र कालो पेटी दोस्रो डानको प्रमाणपत्र पनि वितरण गरिएको थियोे ।
यसै अवसरमा दोलखाको सैलुङ्मा आयोजित प्रथम सैलुङ्मा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुल्ला पुम्से प्रतियोगितामा यस डोजाङबाट सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्दै सहभागि भइ पदक जित्न सफल खेलाडीहरुलाइ डोजाङले नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियोे ।
सो प्रतियोगितामा पुरुष १७ वर्षको समुहमा प्रदीप तामाङले रजत, पदक र सोहि समुहमा सुजल श्रेष्ठले कास्य, पुरुष १२ वर्ष समुहमा लाक्पा तामाङले कास्य र प्रशिक्षक रमेश गुरुले पुरुष ४० वर्ष समुहमा कास्य पदक जितेका थिए । रजत विजेतालाई दुई हजार सम्मान पत्र र कास्य पदक विजेतालाई जनही एक एक हजार र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ का अध्यक्ष तथा नगर समाजिक विकास समितिका संयोजक श्री रामप्रसाद गौतले सम्मान पत्र प्रदान गरिएको थियो भने चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ०५ का अध्यक्ष श्री नरमान श्रेष्ठले खादा लगाएको थियो ।
जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष तथा हिराहरी तेक्वान्दो डोजाङका सल्लाहकार समितिका संयोजक श्री सुबर्ण श्रेष्ठले सम्मान पत्र वाचन गर्नु भएको थियो ।
खेलाडीहरु, अभिभावकहरु, खेलप्रेमी, तथा स्थानीयको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे । ग्रेडीङ दोस्रो दान कालो पेटि द्वय दर्पन श्रेष्ठ र सुदिप तामाङले लिइएको थियो । कार्यक्रम संस्थापक तथा डोजाङ प्रमुख गुरुङले सन्चालन गरेको थियो ।