नयाँ अभियान सम्बाददाता,चौतारा, चैत्र १८ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेलमिलापकर्ताहरुका लागि ८ दिने आधारभुत तालिम चौतारामा मंगलबार बाट शुरु भएको छ ।
मंगलबार चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक जानुका पराजुलीले तालिमको उदघाटन गरेकी हुन् ।
तालिमको उदघाटनमा बोल्दै उपप्रमुख पराजुलीले भौतिक संरचनाको बिकासलाई मात्र बिकास नमानिने बताएकी छिन् ।
उनले भनिन समाजमा शान्ति अमनचयन,मेलमिलाप र सभ्यताको बिकास हुनुपनि बिकास हो तसर्थ समाजलाई शान्ति अमनचयन,मेलमिलाप र संमृद्धी बनाउन मेलमिलापकर्ताहले निकै ठुलो भुमिका रहेको हुदा यस प्रकारको तालिमको तय गरिएको बताइन् । उनले देवानी प्रकुतिका बिवादहरुको न्याय गाँउमा नै दिलाउन अर्थात विवाद समाधान गर्नको लागि मेलमिलापकर्ता थप गरिएको बताइन् ।
तालिमको उद्धघाटन कार्यक्रममा नगरपालिका वडा नं. ५ का अध्यक्ष नरमान श्रेष्ठले मेलमिलाप एक समाजसेवा भएको बताए । आफ्नो गाँउको बिवाद गाँउमा नै समाधान गरी समाजमा शान्ति र अमनचयन कायम गर्ने अठोटका साथ तालिममा सहभागी भएका सम्पुर्णमा सफलताको शुभकामना व्यक्त गरे ।
८ दिन सम्म संचालन हुने सो तालिममा नगरपालिका भित्रका १४ वटाबाट २ जनाको दरले २४ जनालाई उक्त तालिम प्रदान गरिएको नगरपालिका न्यायीक शाखाका अधिकृत दुर्गाप्रसाद ढुङगेलले जानकारी दिए ।