चौतारा,चैत्र २९ ।
शनिबारबाट चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० मा नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
अध्यक्ष कप फुटबल प्रतियोगिताको नगर प्रमुख अमानसिङ तामाङले आयोजक वडा खेलकुद बिकास समितिलाई फुटबल हस्तान्तरण गर्दै खेलको बिधिवत उद्घाटन गर्नुभएको हो ।
३ दिन सम्म चल्ने उक्त प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका भित्रका १२ वटा टिमको सहभागिता रहने छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले आफुले नगरको खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको कार्यक्रमहरु तय गरेको बताए।
खेल क्षेत्रको बिकासको लागि हरेक बर्ष हामिले २० लाख बिनियोजन गरेका समेत उनले बताए।
शनिवार नै अर्को महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ तल्लो गोल्माका ४३ घरधुरी लाभान्वित हुने गरि खानेपानी योजना सम्पन्न भएकोमा एक कार्यक्रमका बिच उद्घाटन भएको छ। उक्त खानेपानी उद्घाटन पनि नगरप्रमुख अमानसिं तामाङले नै गरेका हुन् ।