नयाँ अभियान सम्वाददाता, चौतारा, बैशाख १२ ।
राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएसंगै खेलाडिहरुलाई चौतारा सांगाचोकगढि नगरपालिकाले सम्मान तथा पुरस्कृत गरेको छ ।
शनिवार मेलम्चीको ईन्द्रेश्वरी माविमा सम्पन्न प्रतियोगितामा चौतारा सागाचोकगढी नगरपालीकाले २८ स्वर्ण पदक सहित प्रथम भएको हो ।
प्रतियोगिता मा ऐतिहासिक कब्जा जमाएसंगै सहभागी खेलाडीहरु ,व्यवस्थापक प्रशिक्षक र नगर खेलकुद विकास समितीलाई मेयर अमानसिं तामाङले धन्यवाद व्यक्त गरे ।
साथै आईतबार खेलाडिहरुलाई बाजागाजा सहित चौतारा बजार परीक्रमा गराईएको थियो ।
उत्कृष्ट २ खेलाडिलाई प्रती व्यक्ति रु ५ हजार, स्वर्ण पदक विजेता लाई प्रति व्यक्ति रु २ हजार र सहभागी खेलाडिहरुलाई प्रति व्यक्ति रु १ हजारको दरले प्रमुख तामाङले पुरस्कृत समेत गरेका छन् ।