बैशाख १६, चौतारा ।
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका भित्र एकैदिन १२ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाँईका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाका १२ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको हो । उनिहरुको बुधबार स्वव संकलन गरी पठाइएको थियो ।
बुधबार पनि चौतारामा ७ र हेलम्बुमा १८ गरी सिन्धुपाल्चोकमा २५ जना कोरोना संक्रमित थपिएका थिए। जिल्लमा कोरोनाको दोस्रो लहर सुरु भएसँगैं संक्रमित हुनेको संख्या ५० पुगेको छ।
सिन्धुपाल्चोकमा पछिल्लो सयम कोरोना तिव्र रुपमा फैलिरहेको छ। काठमाडौं उपत्यकासहितमा निषेधाज्ञा गरेपछि जिल्ला भित्रको संख्या बढेपछि थप जोखिम बढेको छ।
सरकारले ग्रामिण क्षेत्रमा २ सयभन्दा धेरै कोरोना संक्रमित भए निषेधाज्ञा गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।