१ जेष्ठ, चौतारा ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा ( विप्लव )सिन्धुपाल्चोकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि राज्यलाई गम्भीर हुन आग्रह गरेको छ।
शनिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै नेकपा सिन्धुपाल्चोकले कोरोना भाइरस महामारीले सारा बिश्व आक्रन्त बनिरहेको बेला पनि कतिपय राष्ट्र र दलालहरुले यसलाई नाफा कमाउने माध्यम बनएको उल्लेख गरिएको छ ।
“यस्तो परिस्थितिमा कोरोनाबाट आजित नेपाली नागरिकको उपचार व्यबस्थालाई प्रभावकारी ढंगबाट सन्चालन गर्न सम्बन्धीत निकाय र सरकारको ध्यान आकर्षण गर्न चाहन्छौ” बिज्ञप्तिमा भनिएको छ ।