भक्तपुर, भाद्र १३ गते
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालको आयोजनामा भक्तपुर जिल्लाका नागरिक समाजका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, स्थानीय सभाका प्रतिनिधिहरू र सामाजिक संघ संस्थाका प्रतिनिधिहरू लगायत ६५ जनाको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका कार्यक्रम व्यवस्थापन पंकज राज देवकोटाले उद्देश माथि प्रकाश पार्दै नागरिकहरूलाई जागरुप बनाउदै नागरिक समाजका सवाल र मुद्दाहरूलाई स्थापित गर्न पैरवी र बहसको थालनी गर्दै नागरिक र सुशासन मैत्री स्थानीय तह निमार्ण गरी जबाफदेही र पारदर्शी बनाउन अन्तरसंवाद आयोजना गरिएको बताए।
अन्तरसंवाद कार्यक्रममा प्रस्तुतीकरण गर्दै सुशासन तथा क्षमता विकास विज्ञ कर्ण बहादुर नेपालीले सामाजिक जबाफदेहीताका औजारहरू, सुशासन, जबाफदेहिता, पारदर्शिता र स्थानीय तहले प्रदान गरिरहेको सार्वजनिक सेवा प्रवाहमा नागरिक समाजको सहभागिता र चुनौतीहरू, सूचनाको पहुँच लगायत नागरिक मूलभूत विषय वस्तुहरूमा आफ्नो प्रस्तुतीकरण दिएका थिए ।
प्रस्तुतीकरण पछि सहभागीहरूले धारणा व्यक्त गर्दै अझै पनि स्थानीय तहहरूले प्रदान गर्ने सार्वजनिक सेवा प्रवाहमा नागरिक सहभागिता हुन नसकेको, नागरिकको सवाल र मुद्दाहरू समेट्न नसकेको, सूचनाको सहज पहुँच नभएको अपाङ्गता भएका नागरिकहरूको आवाज र सहभागिता सुनिश्चित हुन सकेको विचारहरू उठान भएका थिए,साथै छलफलमा उठेका विषय वस्तुहरूलाई समेटेर स्थानीय तहलाई नागरिक समाजको तर्फबाट ध्यानाकर्षण गराउनु पर्ने झकझकाउनु पर्ने नागरिक समाज र जनप्रतिनिधिहरू बिच अन्तरसंवाद हुनु पर्ने कुराहरू सहित व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।