इन्द्रावती ।
माघे (हल्लेउ) संक्रान्तिको उपलक्ष्यमा शुभकामना तथा डोने (दनुवार) सास्कृतिक कार्यक्रम नेपाल डोने बिकास समाज केन्द्रिय समिति र जिल्ला समिति सिन्धुपाल्चोकको आयोजनामा इन्दावती गाउँपालिका वडा नं.१२ भिमटारमा गाउँपालिकाका अध्यक्षवंशलाल तामाङको प्रमुख आतिथ्यमा डोने(दनुवार) सास्कृतिक गीत, कविता वाचन, पुर्खैली खेल,जातिगत ख्याली गीत अनि झाकी सहित कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका गाउँपालिकाका अध्यक्ष तामाङले भनाई राख्दै कार्यक्रममा उपस्थित दनुवार लगायत सम्पुर्ण सहभागीहरुलाई अग्रीम शुभकामना तथा बधाई ज्ञापन व्यतm गरे साथै डोने (दनुवारी) भाषालाई अनिवार्य शिक्षाको रुपमा १२ नं.वडाको विद्यालयमा एउटा विषयवस्तु राख्नको लागि योजना बनाउने , पहलकदमी गर्नको आफु लाग्ने प्रतिबद्धता व्यतm गरे र भिमटारको बिकासको गतिलाई बिशेष प्राथमितामा राखेको समेत बताए ।
कार्यक्रममा उल्लेख्य डोने (दनुवार) समुदायको उपस्थिती भएको थियो । कार्यक्रम जनचेतनामुलक तथा सन्देशमुलक भएपनि केहि प्रश्न खडा गरिएको छ ।
नेपालमा आदिवासी जनजाती महासंघमा दनुवार जातलाई सुचिकृत गरिएको छ, नागरितामा थर पनि दनुवार नै लेख्छन् । त्यसकारण हामीको हौँ दनुवार, डोने वा दोन्या बिचारनिय छ । माघे सक्रान्ति विशेष गरि मगर र थारु जातिको महत्वपुर्ण चाड हो । डोनेले आजलाई मानेका छन् ।
तर दनुवारको मुख्य चाड कुनहो, माघे सक्रान्तिहो या बडा एकादशी इतिहासलाई केलाएर संबाद गर्न जरुरी देखिन्छ ।यस्ता विविध प्रश्नहरु कार्यक्रमबाट उजागर भएका छन् ।
कार्यक्रममा पाँचखाल नगरपालिकाका उपमेयर, १२ नं.वडाका जनप्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधिहरु, विद्यालय, क्लवका प्रतिनिधिहरु उपस्थिति रहेको थियो । नेपाल डोने बिकास समाज जिल्ला समिति सिन्धुपाल्चोकका अध्यक्ष हरि बहादुर दनुवारले सञ्चालन गरेका थिए ।