चौतारा,चैत ३०।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुबिण्डेमा औधोगिक ग्राम बन्ने भएको छ ।
४० रोपनी क्षेत्रफल समेट्ने उक्त औद्योगिक ग्राम निर्माणका लागि नगरपालिका र उध्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय बिच सम्झौता भैसकेको नगरपालिकाका प्रमुख अमान सिं तामाङले जानकारी दिएका छन् ।
नगरप्रमुख तामाङले भने सम्झौता भए अनुसार औद्योगिक ग्रामका लागि यस आर्थिक बर्षको लागि मात्रै मन्त्रालयले ९२ लाख उपलब्ध गराउने छ । उक्त रकमले यस बर्ष जग्गा तयारी (फाउन्डेसन तयारी) गरिने समेत उनले बताए।
नगरप्रमुख तामाङका अनुसार औद्योगिक ग्राम भित्र कृषि उत्पादन प्रशोधन उद्योग, डेरी उद्योग, जडिबुटी प्रशोधन उद्योग, काठ तथा बाँस बाट बन्ने उत्पादनमुलक उद्योग , खानी तथा खनिजमा आधारित उद्योग, पानी प्रशोधन उद्योग, विभिन्न प्रकारका मेसिन तथा मेसिनरी उद्योग,प्राविधिक, सिपमुलक कार्यमा आधारित सामग्री उद्योग,सफ्टवेयर सामग्री उत्पादन र स्थानीय हरुको मागमा आधारित अन्य उद्योग रहने छ्न ।
आइतबार नगरपालिकाले उक्त क्षेत्रमा प्राबिधिकहरु सहित स्थलगत निरिक्षण गरेको छ ।
नगरपालिकाका अनुसार आगामी हप्ता यसका लागि टेन्डर आव्हान हुनेछ। सम्भवत यो जिल्लाकै पहिलो औद्योगिक ग्राम हुनेछ ।