मेलम्ची ।
अलैंचीको रेसाबाट बुनाइ तथा बस्तु उत्पादन मेलम्ची नगरपालिकामा बुधबारबाट १० दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
मेलम्ची नगरपालिका भित्र पनि हस्तकलामा अब्बल बनाउने उदेश्यका साथ अलैंचीको रेसाबाट बुनाइ तथा बस्तु उत्पादन प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
मेलम्ची नगरपालिका मेलम्ची ,मोतिदेबी स्मृति केन्द्र काठमाडौ र नेपाल हस्तकला माहासघं उद्योग परिषद , प्राकृतिक रेसा बस्तु बिकास समितिको संयुक्त आयोजनामा सुरु भएको प्रशिक्षण १० दिन सम्म प्रशिक्षण दिईने छ ।
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थाइ कमिटी सदस्य अष्ट लक्ष्मि शाक्यले सधै भरी सीप नभएको भनेर हेपिनु पर्दैन ,सीप भएपछि आत्मनिर्भर हुँदै सुखमय जीवन बिताउन सकिने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले मेलम्चीको प्राय सबै भूमि खेतियोग्य र उर्वर रहेको भन्दै मिहेनत गरेर काम गरे प्रशस्त आम्दानि गर्न सकिने बताउनुभयो ।
उहाँले हरेक काम ब्यबशायगत ढुंगले गर्न सुझाउदै काम गर्न जाँगर भएकाहरुको लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।